पाल्पा क्षेत्र नं.२ प्रतिनिधि सभा सदस्यमा मेरो उम्मेदवारी किन?

परम्परागत प्रणालीलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न ।

हामी अहिले २१ औ सताब्दिमा छौ । अहिलेको विश्व टेक्नोलोजीमा एक पछि अर्को सफलताको सिढिमा चड्दै छ। तर हाम्रो विडम्वना, अहिले सम्म पनि परम्परागत प्रणाली लाई त्याग्न सकेका छैनौ । हामी प्रविधीको प्रयोग त गर्छौ , तर त्यसलाई पुर्ण रुपले अंगिकार गर्न सकेका छैनौ । सब्दमा स्मार्ट, डिजिटल जति सजिलो सुनिन्छन, व्यवहारमा उतार्न त्यतिनै गा¥हो हुन्छ । अहिले स्मार्ट सिटि, स्मार्ट भिलेज भनेर स्थानिय तह सम्म बजेट बाडफाड गर्नेगरिन्छ । तर कुनै पनि कार्यक्रम सफल हुन सकेको छैन । यो त एउटा उदाहरण मात्र हो । यस्ता यावत कुराहरु किन सफल हुन सक्दैनन्, राज्य नै बेखवर छ । हाम्रो अभियान डिजिटल प्रणालीको प्रवद्धनमा हुनेछ । आफै पनि यो क्षेत्रमा विज्ञता राख्ने भएकोले यो क्षेत्रलाई कसरि सफल बनाउन सकिन्छ भन्ने बुझिएको छ। हामी डिजिटल राज्य व्यवश्थाको परिकल्पना गर्दै त्यसलाई प्रणाली नै बनाएर लिएर जाने काम गर्नेछौ । राज्य व्यवस्थाको तल्लो तह देखि माथिल्लो तह सम्म सम्पुर्ण काम कारबाहिलाई पेपरलेस डिजिटल प्रणालीमा रुपान्तरण गर्नेछौ । हामी संग भएको विज्ञता र राज्य संग भएको प्रणालीको सहकार्यमा देशलाई डिजिटल युगमा धकेल्न हामी सहयोगिको भुमिकामा हुनेछौ ।

परिवर्तनको लागि राज्यको निति निर्माण तहमा युवा नेतृत्व

२०६२–६३ को जन आंदोलन पछि अहिले सम्म नेपालको राजनितिमा युवा नेतृत्व कुनैपनि निर्णायक भुमिकामा नरहेको हामी सबैलाई जगजायर नै छ । पुराना पंक्तिका नेताहरुको सत्ता प्राप्ति र पदको लुप्तताले गर्दा युवा नेतृत्व जहिले पछाडि परिरहेको छ । जव सम्म युवा नेतृत्व निर्णायकभुमिकामापुग्दैन तव सम्मयुवाको आवाजकहिले माथी उठ्न सक्दैन।

अहिले समय बदलिदै छ। विश्वभर परिवर्तनका लागि युवाहरू घरबाट बाहिर निस्कदै छन्। हामी जस्तै कयौ युवा सडकमा उत्रिएका छन्र अनलाइन सामाजिक सण्जालहरु र समुदायहरु सँग जोडीइन, आफ्नो आवाज ब्यक्त गर्न र परिवर्तनको लागि विभिन्न किसिमका आम्दोलन र अभियान प्रयोग गर्दै छन्। अहिले देखिराखेको निरंकुशशासन, भ्रष्टाचार र असमानता विरुद्ध आन्दोलन गरिरहेका छन्, दिगो विकास र वर्तमान र नया पुस्ताहरूको लागि राम्रो भविष्यको लागि लडिरहेका छन्।

राजनीतिक प्रणालीलाई प्रतिनिधिमूलक बनाउन समाजका सबै अंगहरू समावेश हुनुपर्छ। जब युवाहरू राजनैतिक प्रक्रियाबाट वञ्चित वा बहिष्कृत हुन्छन्, जनसंख्याको एक महत्त्वपूर्ण भागको समूह सदस्यहरूको जीवनलाई असर गर्ने निर्णयहरूमा कम वा कुनै आवाज वा प्रभाव हुदैन। यसको मुख्य परिणाम भनेको राजनीतिक प्रणालीको प्रतिनिधित्वको कमजोरी हो। अव समय आएको छ , नेतृत्व परिवर्तन गर्ने, युवालाई नेतृत्वमा पुर्याउने । हामी माथी परिवर्तनको आशतव महसुस हुन्छ, जव नेतृत्वमा जान चाहाने युवालाई सबैको सहयोगमा राज्यको निती निर्माण गर्ने ठाउ सम्म पु¥याइन्छ ।

राजनिति लाई लाजनिति हुन बाट रोक्न ।

परिवर्तनशिल नेपाली राजनितिलाई नियाल्दायहा देखिईराखेको राजनितिक विचलनले राजनितिक अनुसासनलाई कायमगर्न सकेको छैन । नेपालमाभएका राजनितिकदल र तिनका सिद्धान्त पक्कै पनि नराम्रा छैनन मात्र कागजमा सिमित छन । छन्। त्यसलाई आत्मसाथगदै आएका पर्टिका नेताहरु देषी तथा बिदेशी शक्ती सँग मिलेर आफ्नो शक्तिप्राप्तिको लागि जे पनि गर्न तयार हुन्छन । पटक पटक सत्ताभोग गरिराखेका नेता तथा तिनका मतियारहरुको कारणले हाम्रो देशको सार्वभौमसत्ता नै जोखिम अवश्थामा जादै छ। राजनितिलाई आफ्नै आदर्श मा चल्ने गराउन कुरितिको अन्त्यगर्न र राजनितिलाई अनुशासित बनाउन र युवा सहभागिता वढाउन हामीजस्तो युवा बैकल्पिक शक्तिको रुपमा नेतृत्व तहमा जान जरुरी छ । हामीसंग भएको नया दृष्टिकोणबाट राजनितीलाई लाजनिती हुनबाट रोक्नपक्कै पनि सकिन्छ।

कुरिति, विसंगति, मौलाउदै गरेको भ्रष्टाचारलाई विस्थापित गर्न ।

विद्यमान अवस्थामा देश अहिले चरम भ्रष्टाचारको जञ्जालमा फसिसकेको छ। सरकारको तल्लो तह देखि माथिल्लो तह सम्म कामगर्ने कर्मचारी देखि पार्टिका नेता सम्मकहि न कहि भ्रष्टाचारमा मुछिरहेका हुन्छन। सर्भसाधारणको कुनैपनि काम विना कमिसन, विना झन्झट सफल भएका उदाहरण एकदमै कम पाईन्छ । समाजमा देखिएको कुरिति, विसंगति ले देशको आउदो पुस्ताको भविष्य माथीनै धावा बोलिराखेको छ। युवा देखि बृद्ध सम्मयसको प्रभाव बढ्दो छ । यसको विकराल रुपलाई देशले धान्न सक्दैन । यसलाई नियन्त्रण गर्न अबहामी जस्तो युवाको नेतृत्व देशलाई खाचो छ । हाम्रो स्वच्छ शुसासनको अवधारणा बाट देशलाई कुरिति, विसंगति तथा मौलाउदै गएको भ्रष्टाचारलाई देशबाट सजिलै विस्थापितगर्न सकिन्छ ।

विकाशको लागि दिगो योजना तथा पुर्वाधार विकासमा आमुल परिवर्तन गर्न ।

हाम्रो जिवनस्तर उकास्न तथा आर्थिक , सामाजिक स्थितीलाई कायापलट गर्न दिगो योजना हुन जरुरी छ । हामी गुणस्तरिय पुर्वाधारको लागि सहमत पनि छौ । गुणस्तरले परियोजनाहरुले जोखिमहरू कम गर्छ, परियोजनाको जीवनचक्रमा उपलब्धता र स्थायित्व बढाउछ, हितग्राहिको अनुभवमा सुधार गर्छ र यसले पूर्वाधारलाई लगानीको लायक बनाउछ। तर अहिले सम्म देशमा भएका दिगो योजनाहरुले गति लिन सकेको छैन । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्वार्थि समुहले गर्दा देशलाई विकाशको गतिमा अवरोध पु¥याईदैछ । त्यसैले यसलाई व्यवस्थित तरिकाले अघि बडाउन हामी जस्तो युवा जोस र जागरको आवश्यक्ता छ । अहिले सम्म भएका योजनाहरु हचुवाको भरमा हुदै आईरहेको हामीहरुले देखिरहेका छौ । दिगो योजना तथा पुर्वाधार विकाश योजना को लागि बजार सृजना , यसमा भित्राईने स्वदेशी तथा विदेशी लगानी, फाईदा हुने क्षेत्र पहिचान गरि सुसासनको प्रत्याभुति गराईमात्र सुरु गर्न सकिन्छ ।

शिक्षा,स्वास्थ्य तथा कृषि प्रणालीमा आमुल परिवर्तन गर्न ।

हाम्रो देशमा चलिराखेको परम्परागत शैक्षिक अध्ययन अध्यापन प्रणाली रहेकाले यसलाई अब नया ढ∙ बाट परिवर्तन गर्न जरुरी छ । विश्वलेनै पक्ष्याईराखेको नया डिजिटल शिक्षा प्रणालीलाई अव हाम्रो देशमा भित्राउन जरुरी छ । पुर्ण निशुल्क शिक्षा प्रणालीलाई परिवर्तन गर्न अहिलेसम्म तयार गरिएका नितिहरुलाई कार्यान्वयन गर्न देखिएका समस्याहरुलाई फरक तरिकाबाट हल गर्दै नया निति अनुसार शिक्षामा आमुल परिवर्तन गर्नको लागि हामी जस्तो शिक्षित वर्ग निति बनाउने ठाउमा जान जरुरी छ ।

आधारभुत सेवामा रहेको नेपालको स्वास्थ्य प्रणालीलाई पुन व्यवस्थापन गर्दै नय ढ∙बाट पुर्ण निसुल्क गराउन जरुरी छ। अहिले चलिराखेको स्वास्थ्य प्रणाली नेटवर्क लाई अझ बलियो र ससक्त गराउन चाहिने आवश्यक जनशक्ति तयार गरि जनताको दैलो दैलो सम्म पु¥याउन जरुरि छ । आधारभुत स्वास्थ्य चौकी देखि ठुला ठुला अस्पतालहरुलाई थप व्यवस्थित गर्ने निती तथा आउने समस्याहरुलाई समाधान गर्ने उपाय निकालिने छ ।

कृषीप्रदान देश भनेर गर्भ गर्ने हामी कृषीलाई नै वहिस्कृत पेशा बनाएर राखेका छौ । परम्परागत रुपमा चल्दै आएको कृषी प्रणालीलाई हामीले अहिलेसम्म पनि आधुनिकिकरण गर्न सकेका छैनौ । सरकारले अरवौ रुपैया बर्षेनी यो क्षेत्रमा लगानी गर्छ । अव्यवस्थीत प्रणालीले गर्दा त्यसको फाईदा गैर कृषकले उठाउदै आईरहेका छन्। उत्पादन गर्ने क्षेत्र हुदाहुदै पनि दक्ष जनशक्ति तयार गर्न नसक्दा युवाहरु वैदेशिक रोजगारिको लागि देश बाहिर जान बाध्य छन्। जवसम्म कृषकलाई चाहिने विउ, विजन, मल देशमै उत्पादन गर्न सकिदैन तबसम्म देशमा कृषीले काचुली फेर्न सक्दैन । युवा वर्गलाई यो क्षेत्रमा आकर्शित गर्न सकियो भने युवा नेतृत्वले देशमा परिवर्तको खाका पक्कै कोर्नेछ ।

आधारभुत तथा लक्षित कार्यक्रम हरु लाई व्यवस्थित तरिकाले कार्यान्वयन गर्न ।

अहिले सम्म संचालन भएका कार्यक्रमहरु विभेदपुर्ण र सामाजिक उत्तरदाहित्व बहन गर्न नसक्ने गरि व्यक्तिगत लाभलाई लिएर बनाईएका छन्। ति कार्यक्रमहरु सुन्दा जति राम्रा सुनिन्छन , व्यवहारमा त्यसरि लागु भएका छैनन्। समाजको आवश्यक्ताको पहिचान गरि समाजलाई परिवर्तनको दिशामा लिएर जान आवश्यक्तामुलक आधारभुत तथा लक्षित वर्ग ( महिलाविकास, आदिवासी जनजाती, अपाङ्ग, दलित, बालबालिका, युवा, जेष्ठ नागरिक ) जस्ता कयौ क्षेत्रमा राज्यको निति लाईनै व्यवश्थित तरिकाले परिवर्तन गरि व्यवश्थित समाज रुपान्तरणमा लिएर जान हामी जस्तो युवाहरु निति निर्माण तथा योजना बनाउनेतहमा पुग्न जरुरी छ ।