पाल्पा विकाशको सम्भाव्यता तथा कार्यक्रम ।

पाल्पा एक प्राचिन इतिहासले भरिएको जिल्ला हो। यहाँ भएका हरेक एतिहासिक सम्पदा, संस्कृति, भौगोलिक बनोट हुदा हुदै पनि विकासको तहमा अगाडि आउन सकेको छैन । अब हामीले हामी संग भएको क्षेत्रलाईनै विकासकोमोडालिटि परिवर्तन गरि सम्भाव्यताको आधारमा अगाडि लिएर जानेछौ ।

♦ एतिहासिक सम्पदा जस्तै पाल्पा दरबार, रानीमहल, अर्गलि दरबार, जितगडि,माडी क्षेत्र, रामापिथेकस क्षेत्रहरुलाई संरक्षण गरि आन्तरिक तथा विदेशी पर्यटनको लागि डिजिटल म्युजियमको रुपमा विकाश गरिने छ।
♦ धार्मीक पर्यटनको जगेर्ना गर्न , यहाँ भएका मठ मन्दिर जस्तै , शिद्धवावा मन्दिर, सत्यवति ताल, सुके ताल,रिडि ऋषीकेश, राम्दी सिद्धवावा, बगनासकाली, दर्लमकाली, रणउजेश्वरी, नारायण मन्दिर, प्रवास शिव मन्दिर, प्रवास कमल पोखरी जस्ता प्राचिन इतिहास बोकेका मन्दिर तथा तालहरुलाई जगेर्ना गर्ने तथा धार्मिक पर्यटन भित्राउने बाटोको रुपमा विकाश गरिनेछ ।
♦ यहाँका संस्कृती भेषभुषालाइर्् पर्यटकको आकर्शणको रुपमा विकाश गरिनेछ ।
♦ पाल्पाको श्रीनगर क्षेत्रलाई स्वदेशी तथा विदेशी पर्यटक भित्राउने थलोको रुपमा विकाश गर्ने ।
♦ पाल्पाली करुवा, ढाका व्यवशायलाई प्रोत्साहन, प्रवद्धन गर्दै अन्तराष्ट्रिय बजार सम्म पु¥याईनेछ ।
♦ साहसिक सम्भाव्यताका खेलहरुलाई प्रोत्साहन गर्दै खेल पर्यटनको रुपमा विकाश गरिनेछ ।
♦ कृषि पकेट क्षेत्र लाई आधुनिकिकरण गर्दै प्रविधिमैत्री कृषि सेवा संचालन गरिनेछ ।
♦ कृषकको उत्पादनलाई बारीबाट बजार सम्म पुर्याउने प्रविधीमैत्री व्यवस्था लागु गरिनेछ ।
♦ लोकल रक्सी, छ्या·, चुकाउनी, बटुक लाई ब्राण्डि· गरेर अन्तराष्ट्रिय बजार सम्म पु¥याईनेछ ।
♦ प्रा·ारिक मल बनाउने तथा उत्पादित मललाई बजारीकरण गर्न सहयोग गरिनेछ ।
♦ फोहोर व्यवश्थापनलाई आधुनिक बैज्ञानिक तरिकाले विकाश गर्ने योजना तथा कार्यान्वयनको निति बनाईनेछ ।
♦ बाझो खेतबारीमा सामुहिक खेती या व्यवशायीक खेती गर्न प्रोत्साहन गरिनेछ ।
♦ जिल्ला अस्पताललाई थप सुविधा सम्पन्न बनाई सेवामा बिस्तार गरिनेछ ।
♦ झन्झटिलो स्वास्थ्य विमा प्रणालीलाई सहज र सजिलो बनाईनेछ ।
♦ स्वास्थ्य विमा लाई व्यवस्थित गरि रिफर लेटरको झन्झटबाट मुक्त गराईनेछ ।
♦ स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य केन्द्र, बर्थि· सेन्टरहरुलाई थप व्यवस्थित गर्दै डिजिटल प्रणालीमा रुपान्तरण गरिनेछ ।
♦ सबैको सहजताको लागि म्ष्नष्तब िक्ष्लायचmबतष्यल ऋभलतभच को विकास गरिनेछ ।
♦ प्रविधीमैत्री विकासका कार्ययोजना तथा प्रयोगको कार्यविधीको विकाश गरिनेछ ।
♦ शिक्षा, स्वास्थ्य, कृषि प्रणालीलाई प्रविधी संग जोडिनेछ ।
♦ सबै क्षेत्रमा टेलिफोन तथा इन्टरनेटको पहुच पु¥याईनेछ ।
♦ शिक्षा क्षेत्रको विकाशको लागि प्रविधीमैत्री पाठ्यक्रमको विकाश गरिनेछ ।
♦ शिक्षकहरुलाई प्रविधीमैत्री पाठ्य पाठन, गुणस्तरिय शिक्षाको लागि विभिन्न किसिमका तालिम प्रदान गरिनेछ।
♦ विद्यार्थीहरुको पाठ्यक्रममा आफ्नो क्षेत्रको कला संस्कृती , भेषभुशालाई समेटिनेछ ।
♦ हरेक विघालयमा STEAM Project संचालन गरिनेछ ।
♦ विदेशमा सिकेको सिपलाई आफ्नो क्षेत्रमा लागु गर्नको लागि विषेश कार्यक्रम संचालन गरिनेछ ।
♦ महिला, आदिवासी जनजाती, अपा·, दलित, बालबालिका युवा को व्यक्तित्व विकास को लागि विभिन्न कार्यक्रम संचालन गरिनेछ ।
♦ हरेक क्षेत्रमा यम्बुलेन्सको पहुच पुर्याइनेछ ।
♦ बिभिन्न सिपमुलक तालिम दिएर स्वरोजगार बनाउन पहल गर्ने तथा ब्यक्तिगत र सामुहिक रुपमा गरिने घरेलु ब्यवसायलाई बजारिकरण गर्न सहयोग गरिनेछ ।
♦ जेष्ठ नागरिकको हकमा पाउनुपर्ने स्वास्थ्य सेवा, मासिक भत्ता तथा अन्य सरकारी कामहरुलाई धरदैलो कार्यक्रम बाटै सहज गराइनेछ ।
♦ विभिन्न क्षेत्रमा खानेपानीको मुल ब्यवस्थापन को लागि सहयोग गरिनेछ तथा नया स्रोत तथा उपाय खोज्न सहयोग गरिनेछ ।
♦ सडक विकासको लागि दिगो कार्ययोजना संचालन गरिनेछ । कच्ची सडक लाई ग्राबेल र ग्रवेल सडकहरुलाई कालोपत्रे साथसाथै नाली, आवश्यक ढल तथा निकाश को ब्यवस्था गरिनेछ ।
♦ राष्ट्रिय चासोको रुपमा रहेको शिद्धबाबा क्षेत्रको सडकलाई दिर्घकालिन समाधानको बाटोको रुपमा अघि बडाईनेछ ।
♦ विद्युत आपुर्तिको लागि तार रहित वातावरणको निर्माण तथा विस्तार गरिनेछ ।
♦ विद्युत समस्याको समाधानको लागि विषेश कार्यक्रम संचालन गरिनेछ ।