लक्ष तथा रणनिति !

♦ सवै जातजाती, धर्म, लि· तथा उमेर समुहका व्यक्तिहरुलाई समान हक अधिकारको पहुच पु¥याउने ।
♦ राजनितीलाई भ्रष्टाचार रहित समाजसेवा को रुपमा विकाश गर्ने ।
♦ राष्ट्रिय एकतामा आच आउने काम नगर्ने, नगराउने ।
♦ मित्रराष्ट्र तथा अन्य राष्ट्रहरुसंग सन्तुलित परराष्ट्र सम्वन्ध गराउने ।
♦ स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने ।
♦ कृषी, जलस्रोत, पर्यटन तथा श्रममुखि जस्ता तुलनात्मक लाभका क्षेत्रको पहिचान गरि आधुनिकिकरण र दिगो विकाश हासिल गर्ने ।
♦ पुर्वाधार क्षेत्रको विकाशमा निजि क्षेत्रलाई प्रोत्साहन तथा प्रवद्धन गर्ने ।
♦ पेपरलेस डिजिटल सेवा प्रणालीको विकाश गर्ने ।
♦ स्वदेशमै कल—कारखाना खोलि उत्पादनमुलक कार्यमा जोड दिई औद्योगिकरण गर्दै ,रोजगारी सृजना गर्ने साथसाथै व्यापार घाटालाई कम गर्दै जाने।
♦ आन्तरिक तथा बैदेशिक लगानीको लागि योजना तथा लगानी प्रतिफलको सुनिश्चितता गर्ने तथा प्रवद्धन गर्ने ।
♦ प्राकिृतिक, एतिहासिक तथा सम्पदा, सांस्कृतिक परम्परा, मुल्य मान्यता, चाडवाड, रितिरिवाजलाई सामाजिक र सांस्कृतिक पुजीको रुपमा जगेर्ना गर्ने । धर्म प्रति आँच आउने कुनैपनि अभियानलाई रोक लगाउने ।
♦ शिक्षा क्षेत्रको विकाशमा पुर्वाधार तथा परम्परागत शैक्षिक प्रणालीलााई विस्थापन गर्दै नया पाठ्यक्रम संरचनाको विकाश गर्ने।
♦ बैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै स्वदेशमै रोजगारिको सृजना गर्ने तथा व्यवस्थापन गर्न विभिन्न निकाय संग समन्वयात्मक भुमिका निर्वाह गर्ने ।
♦ पुजिवजारलाई थप व्यवस्थित गर्दै डिजिटल कारोबारलाई प्राथमिकतामा राख्ने तथा प्रवद्धन विकासको लागि सहयोग गर्ने ।
♦ आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्दै , जडिवुटि तथा अन्य उत्पादन को आन्तरिक तथा विदेशी बजार को सुनिश्चितता साथै प्रवद्धन गर्ने।
♦ वैदेशिक रोजगारिमा तथा अन्य कार्यको लागि देश भन्दा बाहिर रहनुहुने सम्पुर्ण नेपाली जनताहरुलाई निर्वाचनमा मत दिन पाउने अधिकारको सुनिश्चितता गराउने ।