परिवर्तन सम्भव छ !

हामीले देखेको परिवर्तनको सपना अव विपनामा परिणत गर्नुपर्ने छ । २००७ साल देखि अहिले सम्म राज्यले राजनितिको नाममा धेरै परिवर्तन देख्यो । कोहि शान्तिपुर्ण त कोहि हिसांत्मक । तर विडन्वना राजनिती गर्न खोलिएका कुनैपनि दलहरु राज्यको लागि गम्भिर देखिएनन्। दलहरु सबै व्यक्ति केन्द्रित हुदा त्यसको व्ययभार राज्यले उठाउदै आउनुपरेको छ । राज्यलाई शोषण गरेर बसेका व्यक्ति वा दलबाट अबपनि केहि आश गरेर बस्नु भनेको हामी परिवर्तन चाहादैनौ भन्ने सजिलै बुझ्न सकिन्छ। राज्यको व्यवश्था त बदलियो तर अवश्था बदल्न अहिलेसम्म सकेनन्। आर्थीक, सामाजिक र धार्मीक शिद्धान्तहरु कितावमा मात्र सिमीत भएको देख्दा को व्यक्तिको मन पोल्दैन र । त्यसैले हामी परिवर्तको खाका कोर्न आएका छौ।

हामीले जनतालाई धेरै ठुला आश देखाउदैनौ । किनकि हामीहरुले हाम्रो देशको सतह बुझेका छौ । जनताका समस्या एकदमै स—साना छन्, हामी आफैले यो समस्या दैनिक जिवनमा भोग्दै आईरहेको छौ, अस्पतालमा जाउ त्यहाको सेवा लिन भनसुन गर्नुपर्छ , सरकारी कार्यालयको अवश्था त्यो भन्दा दयनिय छ, यातायातमा जनताले भोग्ने समस्या छुटै छन्, महिला बालबालिका सुरक्षित महसुस गर्न सक्दैनन्, शिक्षामा राज्यको पाठ्यक्रम प्रणाली परम्परागत छ, टेक्नोलोजि प्रयोग त गर्छौ, तर त्यसका नकारात्मक पक्षमा हामी अनविज्ञ छौ। यस्ता यावत जन—समस्याहरुको समाधान हाम्रो पहिलो प्राथमीकतामा राख्नेछौ । राष्ट्रिय हित, सुरक्षा तथा विकाशका निम्ती मुलुकमा उपलब्ध स्रोत, साधन तथा जनसक्तिको परिचालन मार्फत देशलाई परिवर्तनको दिशामा पुर्नजाग्रित गर्न चाहान्छौ । हिजो सम्म अरुले गरेको गल्तिलाई हामीले परिवर्तको सिढिको रुपमा रुपान्तरण गरि विकाशको रेखा कोर्नेछौ ।