आदरणिय आमावुवा, दाजुभाई, दिदिबहिनीहरु,
नमस्कार,
मेरो नाम उपेन्द्र राज गहिरे हो । चिन्ने साथीहरुले मलाई उपेन भनेर संवोधन गर्ने भएकोले म पनि त्यहि लेख्न मन पराउछु । मेरो घर बगनासकाली २, पोखराथोक, पाल्पामा पर्छ। मैले भारत बाट Computer Application मा स्नातकोत्तर गरेको छु । अहिले त्यहि शैक्षिक योग्यताको आधारमा केहि निजी तथा गैरआवशिय संस्थामा IT विज्ञको रुपमा कार्यरत छु । साथ साथै केहि साथीहरु संग मिलेर
विषयगत व्यवशाय पनि गर्दै आईरहेको छु ।
म समाजमा देखा परेको कुरिति, विसंगतिको विरुद्धमा सधै स्वतन्त्र रुपमा आवाज उठाउने व्यक्ति हु । दुखि पिडित को अगाडि पुग्दा या कसैले सहयोगको अपेक्षा गर्दा मेरा हात अहिले सम्म पछाडि हटेका छैनन्। लोकमान सिंह कार्कि विरुद्धको आन्दोलन होस्या डा.
गोविन्द केसी को समर्थनमा, Enough is Enough को Campaign होस या अन्य युवा को आवाजको लागि गरिएका आन्दोलनमा प्रतक्ष अप्रतक्ष रुपमा सहयोगिको भुमिका निर्वाह गर्दै आईरहेको छु । महाभुकम्प देखि कोरोनाकाल सम्ममा मैले मेरो क्षमताले भ्यायसम्म सहयोगको लागि आफ्नो उपस्थिती जनाएको थिए र अब पनि गर्नेछु ।
विद्यमान अवस्थामा राजनितिमा देखिएको कुरिति, विसंगति, मौलाउदै गरेको भ्रष्टाचार, छायामा परेको युवा नेतृत्वलाई उजागर गर्दै नया आवाज, नया द्रिष्टिकोण का साथअघि बढ्न पाल्पा क्षेत्र नं.२ प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेको छु । हजुरहरुको साथ, सहयोगको अपेक्षा राख्दछु ।
धन्यवाद !

परिवर्तन सम्भव छ !
हामीले देखेको परिवर्तनको सपना अव विपनामा परिणत गर्नुपर्ने छ । २००७ साल देखि अहिले सम्म राज्यले राजनितिको नाममा धेरै परिवर्तन देख्यो ।
पुरा पढ्नुहोस
हामीले देखेको राज्य शासन पद्धति/प्रणाली
♦ डिजिटल शासन प्रणाली
♦ प्रतक्ष निर्वाचित राष्ट्रपति/ प्रधानमन्त्री
♦ संधिय शासन व्यवश्था (केन्द्रिय सरकार — स्थानिय सरकार )
♦ राइट टु रिकल, राइट टु रिजेक्ट

पाल्पा क्षेत्र नं.२ प्रतिनिधि सभा सदस्यमा मेरो उम्मेदवारी किन?
♦ परम्परागत प्रणालीलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न ।
♦ परिवर्तनको लागि राज्यको निति निर्माण तहमा युवा नेतृत्व ।
♦ राजनितिलाई लाजनिति हुन बाट रोक्न ।
♦ कुरिति, विसंगति, मौलाउदै गरेको भ्रष्टाचारलाई विस्थापितगर्न ।
♦ विकाशको लागि दिगो योजना तथा पुर्वाधार विकासमा आमुल परिवर्तन गर्न ।
♦ शिक्षा,स्वास्थ्य तथा कृषि प्रणालीमा आमुल परिवर्तन गर्न ।
♦ आधारभुत तथा लक्षित कार्यक्रम हरु लाई व्यवस्थित तरिकाले कार्यान्वयन गर्न ।

पाल्पा विकाशको सम्भाव्यता तथा कार्यक्रम ।
पाल्पा एक प्राचिन इतिहासले भरिएको जिल्ला हो। यहाँ भएका हरेक एतिहासिक सम्पदा, संस्कृति, भौगोलिक बनोट हुदा हुदै पनि विकासको तहमा अगाडि आउन सकेको छैन । अब हामीले हामी संग भएको क्षेत्रलाईनै विकासकोमोडालिटि परिवर्तन गरि सम्भाव्यताको आधारमा अगाडि लिएर जानेछौ ।
पुरा पढ्नुहोस
लक्ष तथा रणनिति !
♦ सवै जातजाती, धर्म, लि· तथा उमेर समुहका व्यक्तिहरुलाई समान हक अधिकारको पहुच पु¥याउने ।
♦ राजनितीलाई भ्रष्टाचार रहित समाजसेवा को रुपमा विकाश गर्ने ।
♦ राष्ट्रिय एकतामा आच आउने काम नगर्ने, नगराउने ।
♦ मित्रराष्ट्र तथा अन्य राष्ट्रहरुसंग सन्तुलित परराष्ट्र सम्वन्ध गराउने ।